मौद्रिक नीतिमा नयाँ व्यवस्था, घर बनाउन धितोमा कति ऋण पाइन्छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नीजि आवासीय घर कर्जा र निर्माण व्यवसायीले बनाउने आवासीय घर निर्माणका लागि धितोको ६० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा थप व्यवस्था गर्दै एकीकृत निर्देशिका-२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने उल्लेख गरेको छ ।

त्यसैगरी राष्ट्र बैंकले घरजग्गा तथा रियल स्टेट कर्जा सम्बन्धी व्यवस्थामा काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणबीचको अनुपात बढमिा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु