मंगलबारदेखि सेयर धितोमा पाउने ऋणको सीमा बढ्यो, सेयर लगानीकर्तालाई राहत प्याकेज
काठमाडौैं । मगलबारदेखि सेयर धितोमा राखेर पाइने ऋणको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणालाई एकीकृत निर्देशिका मार्फत कार्यान्वयनमा ल्याएको छ ।
नयाँ व्यवस्था अनुसार सेयरधितोमा कर्जा दिदा नेप्सेको १२० दिनको कारोबारको अन्तिमको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यो रकमको बढीमा ७० प्रतिशतसम्म ऋण दिन सकिन्छ ।
यसअघि १८० दिनको कारोबारको अन्तिमको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ६० प्रतिशतमात्र सेयर धितोमा ऋण दिने पाइने व्यवस्था थियो ।