एमसीसीका विषयमा अमेरिकी राजदूतले उपप्रधानमन्त्री पोख्रेललाई सोधे- के भइरहेको छ ?



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो अमेरिकाले राखेको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् ।

सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन् । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे जानकारी लिएका थिए ।

भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राख्नुभएको रक्षामन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताए । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राख्नुभएको सहसचिव सुनारले बताए ।

रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताए । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराएका थिए ।

भेटमा बेरीले छिमेकी भारतमा एकदिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजनाबारे पनि चासो राखेका थिए ।

अमेरिकाले शुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।


क्लिकमान्डु