घर र गाडी किन्नेलाई हिमालयन बैंकले ८.४९ प्रतिशत ब्याजदरमा ऋण दिने
काठमाडौं । हिमालयन बैंकले घर र गाडी किन्न चाहनेलाई ८.४९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । बैंकले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत बयाज दरको कर्जा योजनामा एस.एम.इ कर्जा,घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् ।
त्यसै गरी, ९.८९ प्रतिशत व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बंैकले १०.३९ व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ ।