सनराइज बैंकले ८.९५ प्रतिशत ब्याजदरमा घर किन्न तथा बनाउन ऋण दिने, ४० वर्षमा तिर्दा हुने



काठमाडौं । सनराइज बैंकले ८.९५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । योजनामा सहभागी हुनेले घर बनाउने तथा घर किन्न सक्नेछन् । यो योजना अन्तर्गत ४० वर्षमा ऋण तिर्दा हुने सुविधा पाइने छ ।

यस्तै सनराइज बैंकले सेयरधितोमा ९.९५ प्रतिशत ब्याजदरमा ऋण दिने योजनाा ल्याएको छ ।

सनराइज बैंकको सबै शाखा कार्यालयबाट ऋण लिन सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु