दराज र ईसेवाले ल्यायो १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

602
Shares

काठमाडौं । अनलाइन बजार दराज र अनलाइन भुक्तानी सेवा प्रदायक ईसेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर ल्याएको छ ।

उक्त सेवामा भाग लिनको लागि, ग्राहकहरूले दराजमा आईफोन रुपी १ प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमा ईसेवा बाट भुक्तानी गरि अर्डर गर्न सकिन्छ ।

यो अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुनेछ । विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ ।

विजेता घोषित भएपछि, सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन् । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ गतेसम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २० प्रतिशत (१ हजार रुपैयाँ) सम्मको छूट पाउनेछन् ।

ग्राहकहरूले दराज महाबचत बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा बचत गर्न सकिने छ ।