एभरेष्टले ल्यायो ‘फेस्टिभ लोन क्याम्पेन’, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदर



काठमाडौं । एभरेष्ट बैंकले कर्जामा साउन १५ गते लागू हुने गरी ‘फेस्टिभ लोन क्याम्पेन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन ३ महिनाका लागि ल्याएको हो । जसमा बैंकले जारी गरेको कर्जाको ब्याजदर न्यूनतम ८.२५ देखि अधिकतम १०.५५ प्रतिशतसम्म छ । असार मसान्तसम्ममा बैंकको आधार दर ८.०५ छ ।

बैंकबाट मोटरसाइकल लोन लिँदा १०.५५ प्रतिशत ब्याज लाग्ने छ । यस्तै बैंकबाट फिक्स टर्म लोन लिँदा ९.५५ प्रतिशतदेखि १०.०५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यस्तै हाउजिङ लोनको ब्याजदर ८.२५ देखि १०.०५ प्रतिशतसम्म ब्याज लाग्नेछ भने सवारी कर्जामा ५ वर्षका लागि ९.५५ र ५ देखि ७ वर्षको कर्जामा ९.८० प्रतिशत ब्याज लाग्नेछ । त्यसैगरी एसएमई कर्जामा ८.२५ देखि ८.५५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकको मुद्दति खातामा व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज छ । यस्तै बचत खातामा ३ देखि ५ प्रतिशतसम्म ब्याज तोकिएको छ ।

बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा अधिकतम १४.५० प्रतिशतसम्म ब्याज लाग्छ ।

बैंकले केही कर्जाको ब्याजदर भने एकल अंकमा सीमित गरेको छ ।

बैंकबाट पर्सनल लोन लिँदा १४.५० प्रतिशतसम्म ब्याज लाग्ने छ भने होम लोन, अटो लोन लिँदा ९.५० प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याज लाग्ने छ । डिप्राइभ सेक्टर लोनमा ९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याज लाग्ने छ ।


क्लिकमान्डु