देशका कुन-कुन स्थानमा बाढी आउँदैछ, यस्तो छ मौसम विभागको २४ घण्टे विवरण



काठमाडौं । न्यून चापीय रेखा नेपालको आकाशमाथि रहँदा पछिल्लो २ दिनदेखि लगातार भारी वर्षा भइरहेको छ । देशका सबै जसो नदीमा खतराको तह पार गरेको अवस्था छ ।

लगातार वर्षाका कारण बाढीपहिरो तथा डुबानको खतरा बढिरहेको छ । वर्षाका कारण प्रमुख राजमार्ग समेत अवरुद्ध भएको छ ।

देशका कतिपय स्थानमा जनधनको क्षति भएको छ । मनसुनकोे सुरुवाती चरणमा नै म्याग्दी र तनहुँमा ठूलो जनधनको क्षति भयो । सोमबारको वर्षाका कारण पृथ्वी राजमार्ग नै अवरुद्ध भएको छ ।

मर्मत सम्भारका लागि २ दिन लाग्ने सडक विभागले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई मनसुनको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको थियो ।

सोही विभागको बाढी पूर्वानुमान महाशाखाले कुन नदीमा बाढी आउने अवस्था रहेको जानकारी दिएको छ । महाशाखाले जोखिम रहेका क्षेत्रमा सतर्ककर्ता अपनाउन आग्रह गर्दै आएको छ ।

महाखाशाले बुधबार बिहान ७.३० बजेसम्म नदीमा बाढी आउने सूचना सहितको जानकारी दिएको छ । महाशाखाले आज बिहानदेखि बुधबार बिहानसम्मको जानकारी दिएको छ ।


क्लिकमान्डु