लगानीकर्ता नाफा बुक गर्न लाग्दा सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर लगानीकर्ताको ध्यान नाफा बुक तर्फ लागेपछि बजारमा करेक्सन देखिएको छ ।

कारोबार सुरु भएको ५३ सेकेन्डमा पहिलो सर्किट लागेको र पहिलो सर्किट खुलेको केही मिनेटमा नै दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किटपछि खुलेको बजारमा लगानीकर्ताहरु नाफा बुक गर्न तर्फ लागे । त्यसपछि बजारमा गिरावट सुरु भएको हो ।

अन्तिम समयमा बजार १४.०९ अंकले घटेर १४६४.९४ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८४ अंकले घटेर ३०९.६० बिन्दुमा रोकिएको छ ।

१८१ कम्पनीको ७० लाख १ हजार २५८ कित्ता सेयर २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.१४, विकास बैंक १६.९३ अंकले बढ्दा निर्जीबन बीमा समूहको उपसूचक ४१.५५, उत्पादन तथा प्रशोधन १२७.४३, माइक्रोफाइनान्स ८७.३९ जीवन बीमा समूहको उपसूचक १८८.६५ अंकले घटेको छ ।

यूनाइटेड फाइनान्स, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाउँदा गुँरास लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट,फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स,ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु