सेबाेनले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम, यस्ता छन् अब गर्ने काम



काठमाडौं । धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले धितोपत्रको कारोबार राफसाफ टि प्लस २ मा कारोबार गर्ने व्यवस्था मिलाउने रहेको बताएका छन् ।

धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहत गर्ने नीति रहेको छ । यस्तै सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने रहेको छ ।

चालु आवबाट एकिकृत ग्राकह कार्ड वितरण हुने भएको छ । ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने कार्यक्रममा उल्लेख छ ।

चालु आवदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था हुने भएको छ । बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाइने भएको छ ।

विकासात्मक ४० वटा कार्यक्रम सम्पन्न गर्ने बोर्डको नीति रहेको ढुंगानाको भनाइ छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ढुंगानाले लकडाउनको कारण सहज रुपमा कार्यालय सञ्चालन गर्न नसक्दा गत आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्न चुनौती रहेको बताए ।

उनले सरकारले पुँजी बजार विकासको लागि ल्याएको ५८ पुँदा मध्ये धितोपत्र बोर्डको भागमा परेको काममा ६८ प्रतिशत सम्पन्न भएको बताए । उनले आगामी दिनको बाँकी कामलाई कार्यान्वयनमा लैजाने काम जारी राख्ने बताए ।


क्लिकमान्डु