२ लाख ५० हजार रुपैयाँमा भान्जाको हत्या गर्ने मामा १३ वर्षपछि प्रकाउ



काठमाडौं । २ लाख ५० हजार रुपैयाँको लागि भान्जाको हत्या गरेका फरार भएका भारतीय नागरिक राजेशकुमार गुप्ता प्रकाउ परेका छन् ।

राजेशकुमार गुप्ताले २०६४ साल असोज २४ गते आफ्ना भान्जा रोहित गुप्ताको अपहरण गरेका थिए । उनले २ लाख ५० हजार रुपैयाँ दिएमा छाड्ने भनेर फिरौतीका लागि फोन गरेका थिए । अपरणमा परेका रोहित गुप्ताको लास कमलादीमा सडकमा पोको पारेर फालेको अवस्थामा भेटिएको थियो ।

रमेशकुमार गुप्ताले आफ्नो पसलमा काम गर्ने धादिङ बिष्णु सुनारलाई प्रयोग गरेका थिए । सुनारलाई भने प्रहरीले २०६४ मसिंर १२ गते प्रकाउ गरेको थियो । त्यसपछि रमेशकुमार गुप्ता फरार थिए ।

रमेशकुमार गुप्ताले जाँदु सिकाउने भन्दै भान्जालाई कोठामा बोलाएका थिए । फिरौती रकम समेत अपहरणकारीलाई दिने भन्दै पैसा लगेका थिए ।
भान्जाको हत्या गरेका रकमकुकार गुप्तालाई प्रहरीले सर्लाहीको मलंगवाबाट प्रकाउ गरेको हो ।


क्लिकमान्डु