कोरोबार सुरु हुने वित्तीकै सेयर बजार ४ % बढ्यो, २० मिनेट बजार बन्द
काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा उछाल आउँदा कारोबार सुरु भएको केही समयमा नै ४ प्रतिशतले बढेको छ ।
बजारमा ४ प्रतिशतको सकारात्मक सर्किट लागेपछि २० मिनेटको लागि कारोबार बन्द भएको छ ।
नेप्से सूचक ५६.४४ अंकले बढेर १४५१.२१ बिन्दुमा पुगेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।