फर्स्ट माइक्रोफाइनान्सको नाफामा ५.४७ % को सुधार, नाफा आर्जनमा रोकेन कोरोनाले
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा १३ करोड ९७ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा ५.४७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १३ करोड २४ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ ।
गत आवको चौथो त्रैमासमा २१ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २२ करोड ४१ लाख ८० हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा गत आवको चौथो त्रैमासमा २० करोड ९९ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा २१ करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
८० करोड ७ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २४ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । संस्थाको खराक कर्जा शून्य रहेको छ अर्थात खराब कर्जा नै छैन । फस्र्टको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा रहेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि देखिएको छ । जसको कारण वित्तीय संस्थाहरुको नाफामा गिरावट आउने आंकलन गरिएको थियो । तर फस्र्टको नाफामा भने केही सुधार नै देखिएको छ ।