कोरोनाको प्रभाव रहेसम्म एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने
काठमाडौं । कोरोना भाइरसको प्रभाव रहेसम्मका लागि एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्न नलाग्ने व्यवस्था गरिएको छ ।
शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको प्रभाव रहेसम्मका लागि शुल्क नलिने व्यवस्था मिलाइएको बताए ।
‘कोरोनाको असरका कारण एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।