बैंकका सीइओको तलब घटाउने राष्ट्र बैंकको नीति, संचालकको भत्ता पनि घट्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ को कारण बैंक तथा वित्तीय संस्थाको संचालन खर्च घटाउनको लागि सीइओको तलब पुनरावलोकन गर्ने भएको छ ।

मौद्रिक नीति मार्फत गभर्नर महाप्रसाद अधिकारीले तलब भत्तामा पुनरावलोकन गर्ने घोषणा गरे । यस्तै संचालकको भत्तामा समेत कटौती गर्ने नीति मौद्रिक नीतिले गरेको छ ।


क्लिकमान्डु