अब मेरो सेयर नविकरण गर्न क्यापिटल धाउन नपर्ने, अनलाइनबाटै मिल्ने



काठमाडौं । अब देखि कुनै पनि मेरो सेयर प्रयोग गर्दा नविकरण गर्नको लागि सम्बन्धीत क्यापिटलमा पुग्न नपर्ने भएको छ । सिडिएसीले मेरो सेयरको नविकरणलाई अनलाइन प्रणालीबाटै हुने व्यवस्था मिलाएको हो ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब सम्बन्धित क्यापिटलमा गएर शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । अब भने विभिन्न मोबाइल एपबाट नै नविकरण शुल्क तिर्न सकिने छ । त्यसको लागि पहिलो चरणमा इसेवाबाट सुरु भएको छ । केही दिनपछि अन्य मोबाइल सेवाबाट पनि नविकरण शुल्क तिर्ने व्यवस्था मिलाउने बताए ।

मेरो सेयर खोलेपछि नविकरण सकिएको भए त्यसको नविकरण गर्ने अप्सन देखाउने छ । त्यहाँबाट नविकरण केही समयमा नै गर्न सकिने छ ।


क्लिकमान्डु