बैंकका ऋणीलाई तीन तहको सुविधा, बढी प्रभावितले एक वर्षसम्म छुट पाउने



काठमाडौं । मौद्रिक नीतिले कोभिड १९ को कारण प्रभावित व्यवसायलाई तीन तहमा बर्गीकरण गरेर सुविधा दिने भएको छ । राष्ट्र बैंकले बजे ल्याउन लागेको मौद्रिक नीतिमा तीन तहको सुविधा राखिने भएको छ ।

जसमा अति प्रभावित होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको लागि एकवर्षसम्म ऋण तिर्न सक्ने तालिकालाई परिवर्तन गरेर सो अनुसारको कर्जाको पुर्नतालिकरण तथा ब्याजमा पूँजीकरण गरिने छ ।

मध्य प्रभाति व्यवसायले ६ महिनाको अवधीको सुविधा पाउने छन् । कम प्रभावितलाई ३ महिनाको सुविधा केन्द्रीय बैंकले दिने छ ।

निजी क्षेत्रले कोभिड १९ को कारण बैंकबाट लिएको ऋण तिर्न समस्या भएको भन्दै यसलाई पछाडि सार्न माग गरेका छन् ।

असार मसान्तसम्ममा उठ्नुपर्ने ऋणमा करिब ७५ प्रतिशतसम्म उठेको अनुमान बैंक तथा वित्तीय संस्थाको छ । यद्यपी केही सक्ने ऋणीले पनि मौद्रिक नीतिलाई कुरेको कारण तिनुपर्ने किस्ता नतिरेको बैंकरहरुले बताएका छन् ।


क्लिकमान्डु