विद्यार्थीले एनओसीको फारम अलनाइनबाट भर्न पाउने, मन्त्रिपरिषदको बैठकले दियो अनुमती



काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दिइने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै पाइने भएको छ ।

शिक्षामन्त्री गिरिराजमणी पोख्रेलका अनुसार मन्त्रिपरिषदको बैठकले  एनओसी शाखालाई अब उप्रान्त अनलाइनपद्धतिबाट एनओसी जारी गर्न अनुमती दिएको हो ।

बुधबार  एक कार्यक्रमबीच सो कार्य आरम्भ गरिएको  मन्त्री पोख्रेलले जानकारी दिए ।

‘सुशासनका लागि डिजिटल प्रणाली भन्ने सोचलाई मूर्तता दिनका लागि आगामी दिनमा क्रमशः मन्त्रालय सम्बद्ध अन्य निकायहरुमा पनि डिजिटल पद्धतिमार्फत कामकारबाही अगाडि बढाइने छ, उनले भने ।

यसले विदेशस्थित विश्वविद्यालय तथा कलेजमा पठाउँदा नेपालमा रहेका बैकलाई एनओसी पहिचान गर्न समेत सहज हुने मन्त्रालयको विश्वास छ ।

अब विद्यार्थीले अनलाइनबाटै एनओसीको फारम भर्न सक्नेछन भने उनीहरुको एनओसी स्वीकृत भए/नभएको समेत अनलाइनबाट जानकारी गराइनेछ ।

विद्यार्थीहरुले अनलाइनबाट स्वीकृत भएको जानकारी पाएपछि सम्बन्धित बैंकमा गएर रकम जम्मा गर्न सक्नेछन्  । त्यसपछि एनओसी शाखा केशरमहलमा पुगी संकलन गर्न सक्ने मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु