नबिल बैंकले घर बनाउन ७.९९ प्रतिशत ऋण दिने

क्लिकमान्डु २०७७ साउन १ गते १८:२७ मा प्रकाशित

काठमाडौं । नबिल बैंकले घर बनाउनका लागि ७.९९ प्रतिशतमा ऋण दिने भएको छ । बैंकले ३६औं वार्षिकोत्सवको अवसरमा घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा विशेष छुट अफर ल्याएको हो ।

जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

बैंकले सीमित समयका लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडि बढाउन सकिने जानकारी दिएकत्र छ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकको विश्वास छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स