आर्थिक वर्षको पहिलो दिनः नेप्से परिसूचक ३२.४२ अंकले बढ्दा १ अर्ब ४ करोडको कारोबार



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक ३२.४२ अंकले बढेको छ । नेप्से परिसूचक १३९४.७७ बिन्दुमा आएको छ । नेप्सेमा आर्थिक वर्षको पहिलो दिन १ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार भएका सबै समुहमा हरियाली छाएको छ । १८० कम्पनीको किनबेच भएको भएको छ । बजारमा प्रयाप्त तरलता रहेको तथा मौद्रिक नीतिले सेयरधितो कर्जाको अनुपात बढाउने अपेक्षा लगानीकर्ताको छ । सो हुँदा सेयर बजारमा हरियाली छाएको हो ।

बिहीबार एनआईसी एशिया लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सूचिकरण भएदेखि नै यसको सेयर मूल्य हरेक दिन बढीरहेको छ । सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस्तै गुमाउने लगानीकर्तामा ओरियन्टल होटलका रहेका छन् ।


क्लिकमान्डु