संशोधित राजस्वको लक्ष्य पूरा भएपछि अर्थमन्त्री खतिवडाको बोली फेरियो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र संकटमा रहेको घोषणा प्रतिनिधिसभाको बैठकमा एक महिना अगाडि गरेका थिए । लकडाउनको कारण जेठ महिनामा लक्ष्य नउठेको कारण अर्थमन्त्री खतिवडाले खर्च चलाउन नै राजस्व उठाउन नसकिएको बताए ।

अर्थमन्त्री खतिवडाले यो वर्षका लागि जेठ १५ मा ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व उठ्ने संशोधित लक्ष्य राखेका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठेको जानकारी अर्थमन्त्री खतिवडाले अर्थसमितिको बैठकमा दिएका छन् ।

बिहीबार अर्थसमितिको बैठकमा अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा २ खर्ब लगानीयोग्य बचत रहेको भन्दै अर्थतन्त्र विस्तारै लयमा आउन थालेको जानकारी दिए ।

उनले यो वर्ष असार महिनामा ४ प्रतिशतमात्रै खर्च भएको भन्दै कोरोनाको अवस्थामा पनि विकास खर्चमा सरकारले सफलता प्राप्त गरेको बताए ।

‘बजेट कार्यान्वयनको पूर्व तयारीका लागि ठेक्कापट्टाको कागजात माग्न ताकेता शुरु भएको छ, नयाँ कार्यविधी हिउँदे अधिवेशनमा प्रवेश गराउने तयारी छ,’ उनले भने ।

उनले प्रदेश र स्थानीय तहमा बजेट खर्च स्थानीय तहले २ तिहाई खर्च गरेको जानकारी दिए ।


क्लिकमान्डु