सोल्टी होटलको नाफा ३९ प्रतिशतले घट्यो

क्लिकमान्डु २०७७ साउन १ गते १०:५८ मा प्रकाशित

काठमाडौं । पाँचतारे होटल सोल्टीको नाफा ३९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७६÷७७ को तेस्रो त्रैमाससम्मको विवरण अनुसार होटलको नाफा ३९.१६ प्रतिशतले गिरावट आएको हो ।

होटलले यस अवधिमा १४ करोड ५ लाख ४७ हजार ७०२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आवको सोही अवधिमा होटलले २३ करोड १० लाख ३४ हजार ३१८ रुपैयाँ खुद नाफा कमाएको थियो ।

होटलले कुल १७ करोड ८४ लाख ७३ हजार २७२ रुपैयाँ आम्दानी नाफा गरेको थियो । गत आवको सोही अवधिमा होटलले २९ करोड ३३ लाख ७६ हजार ९११ रुपैयाँ नाफा कमाएको थियो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण होटलको नाफामा संकुचन आएको हो । पुस महिनादेखि चीनबाट फैलिएको कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको तथा चैतमा भएको लकडाउनका कारण अन्तर्राष्ट्रिय हवाई उडान समेत बन्द भएकाले होटलको नाफामा कमी आएको हो ।

होटलको अहिले प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिसेयर आम्दानी ३.४७ रुपैयाँ रहेको होटलको अहिले आम्दानी घटेर प्रतिसेयर १.९२ रुपैयाँमा सीमित भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स