नेपाल लाइफ इन्स्योरेन्सबाट सीइओ विवेक झा बाहिरिए



काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट विवेक झाले विश्राम लिएका छन् ।

लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा नेपाल लाइफबाट बाहिरिएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले २०६९ साल साउन १ गते झालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ८ वर्षको कार्यकालमा झाले नेपाल लाइफलाई जीवन बीमा कम्पनीहरुमा सबै सूचकमा पहिलो कम्पनी बनाउन सफल भए । झा नेपाल लाइफमा २०६७ साल भदौ १ गते प्रवेश गरेका थिए ।

संचालक समितिले नेपाल लाइफ इन्स्योरेन्सको कामू सीइओको जिम्मा सन्तोष प्रसाईलाई दिएको छ । चाटर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नेपाल लाइफमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । प्रसाई नेपाल लाइफ आउनु अघि बीमा समितिमा थिए ।
चाटर्ड एकाउन्टेन्ट रहेका झाले नेपाल लाइफलाई सबै सूचकमा पहिलो बनाएर कम्पनीबाट बाहिरिएका हुन् ।

झा नेपाल लाइफमा सीइओ बन्दा कम्पनीको चुक्ता पूँजी ६३ करोड रहेको थियो । अहिले नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रहेको छ ।

यस्तै १३ अर्ब ५३ करोड रहेको लगानीलाई ८६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । ८ वर्ष अगाडि नेपाल लाइफमा कुल बीमा शुल्क ३ अर्ब ९० करोड थियो । आर्थिक वर्ष २ खर्बभन्दा बढी भएको छ ।

झाले सदैव सहकर्मी कर्मचारीहरुलाई आप्mनो मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्ने झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गरे ।

हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पुर्याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरे ।

जसका लागि आवश्यकता अनुसार आप्mनो तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको झाले बताए । कम्पनीले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरे ।

साथै, संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सीइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरे ।


क्लिकमान्डु