नेपाल बैंकले ५४६ जना ऋणीबाट ६१ अर्ब उठाउन बाँकी



काठमाडौं । सरकारको ५१ प्रतिशत लगानी रहेको नेपाल बैंकले ऋण असुल गर्न चासो नदेखाएको भन्दै महालेखा परिक्षक कार्यालयले ऋण उठाउन भनेको छ ।

महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन सार्वजनिक गरी बैंकले ५४६ ऋणीबाट साँवा र ब्याज गरी ६१ अर्ब ३८ करोड रुपैयाँ ऋण उठाउन बाँकी रहेपनि असुलीको प्रक्रिया गतिलो नभएको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षसम्ममा २ अर्ब ३६ करोड रुपैयाँ साँवा र ५९ अर्ब २ करोड ब्याज हर्जाना गरी ६१ अर्ब ३८ करोड रुपैयाँ कर्जा अपलेखन गराएको छ ।

सञ्चयकर्ता र शेयरधनीका रकम ऋणीहरुले अपचलन गरेको भन्दै महालेखाले बैंक व्यवस्थापनबाट रकम असुल गर्न पर्याप्त प्रयास नगरी अपलेखन गरेको हुँदा कर्जा असुली प्रक्रिया सन्तोषजनक मान्न नसकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।


क्लिकमान्डु