विकास समिती सभापति खड्काले रौतहटमा बाँडिन् स्वास्थ्य सामग्री
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा केही स्थानियतह लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
बुधवार गौरमा सो सामाग्रीहरु संसदको विकास तथा प्रबिधी समिती सभापती कल्याणी खड्काले हस्तान्तरण गरेकी हुन् । रौतहटमा कोरोनाका कारण बढी जोखिममा रहेकाले बरिष्ठ नेता नेपालको समन्वयमा अमेरीका बस्ने नेपालीहरुको सहयोगमा सामाग्री सहयोग गरिएको सभापती खड्काले बताइन ।
गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र सर्जिकल १ हजार थान यस्तै राजपुर, इशनाथ, गौर, परोहा नपाहरु प्रत्येक नपा लाइ एक सय केएन ९५ माक्स, सेनीटाइजर ५ लिटर र सर्जीकल मास्क एक हजार हस्तान्तरण गरिएको पुर्व सासद राम कुमार भट्टराइले जानकारी दिए ।
यस्तै, रौतहट काठमाण्डौ सम्पर्क मन्चको सहयोगमा नेपाल प्रहरीलाई पानी र बाढीमा गस्ती गर्न सहज होस भन्ने उदेश्यले पानीमा लगाउने बुट ३०थान , सन्तपुरमा रहेको सशस्त्र प्रहरी लाई १३ थान बुट सहयोग गरिएको छ ।