विशेष अदालतमा मुद्दाको चाप बढ्दै, १८ वर्षयताकै बढी



काठमाडौं । चालु आर्थिक वर्षमा विशेष अदालतमा १८ वर्षयता सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । विशेष अदालतले यस वर्ष मात्रै ४५० थान मुद्दा दर्ता भएको जानकारी दिएको छ ।

न्यून स्रोत साधनको उपलब्धताका बीच विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको संख्या ह्वात्तै बढेको विशेष अदालतले जनाएको छ । अदालतका अध्यक्ष शिवराज अधिकारीले इजलास अपुग भए पनि मुद्दा दर्ताको संख्या बढेको जानकारी दिए । उनले अपराध प्रकृति परिवर्तनशील भउको भन्दे अदालतको मानवीय र भौतिक दुबै अभावका कारण मुद्दा थपिँदै गएको बताए ।

एउटै मुद्दामा धेरै प्रतिवादी, प्रमाणको गहन अध्ययनपछि मात्रै फैसला गर्न सकिने भएकाले विशेष अदालतमा मुद्दाको चाप बढिरहेको उनको भनाइ छ ।

बिशेष अदालतलाई भ्रष्ट्राचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धिकरण लगायतका मुद्धा हेर्ने कार्यक्षेत्र छ । तर अनुसन्धान गर्ने निकाय अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग जस्ता कार्यालय सुविधासम्पन्न र प्रविधीको उच्चतम उपयोग गरिरहेका भएपनि न्यायिक मन प्रयोग गर्ने विशेष अदालत भने न्यून स्रोत साधनमा सञ्चालन भएकाले यि दुईबीचको खाडल पुर्ने प्रमुख चुनौति विशेष अदालतलाई रहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए ।


क्लिकमान्डु