करिब ४ अर्ब राजस्व छली गर्ने २ कम्पनी विरुद्ध मुद्दा दर्ता



काठमाडौं । भन्सार, भ्याट र आयकर छली गरी राजस्व चुहावट गर्ने कम्पनी तथा व्यक्ति विरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले काठमाडौं र ललितपुरका २ वटा कम्पनी र उनीहरुका सञ्चालकविरुद्ध ३ अर्ब ८२ करोड रुपैयाँको माग दाबीसहित मुद्दा दर्ता गरेको हो ।

विभागले बुधबार सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रालि विरुद्ध २ अर्व ४२ करोड ९८  हजार ७६ हजार १४० रुपैयाँ  बराबरको बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं- २ सानेपामा संचालनमा रहेका जेएसएस मोबाइल एण्ड सर्भिसेज प्रालिका सञ्चालक र प्रोप्राइटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्ब ३९ करोड ७ लाख विगो कायम गरी मुद्दा दर्ता गरेको हो ।


क्लिकमान्डु