माउन्टेन इनर्जीको आईपीओ साउन ८ बाट आउँदै, अतिप्रभावितलाई ४०, प्रभावितलाई ६० %



काठमाडौं । माउन्टेन इनर्जी नेपालले साउन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा सर्वसाधारणलाई नभइ उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको जनाएको छ ।

पहिलो चरणको सेयर बाँडफाँड पछि १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरिने छ ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआइएल क्यापिटल रहेका छन् ।

उक्त सेयरमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० र प्रभावितलाई ६० प्रतिशत सेयर छुट्टाइएको छ । म्याग्दी जिल्लाको अति प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी रहेको छ ।

यस्तै नुवाकोट जिल्लाको प्राभावित क्षेत्रमा तादी गाँउपालिका, पञ्चकन्या गाँउपालिका र लिखु गाँउपालिका रहेका छन ।

अति प्रभावितमा पञ्चकन्या गाँउपालिका वडा नम्बर ४ साविकको थप्रेक गाविस र तादी गाउँपालिकाको २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) रहेका छन् ।

उक्त सेयरमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

यसको आईपीओमा छिटोमा साउन २२ गतेसम्म र त्यो अवधिमा माग अनुसारको आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु