झुट्टा तथा नक्कली भ्याट बिल बनाइ ३८ करोड राजस्व छल्ने कम्पनी विरुद्ध मुद्दा दर्ता



काठमाडौं । झुठ्ठा तथा नक्कली मूल्यअभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गर्ने युनिक वाइड इन्टरनेशनल प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित युनिक इन्टरनेशनलका सञ्चालक/प्रोप्राइटर समेतले ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँको बिगो असुल गरी जरिवाना र कैद माग गरी मुद्दा दर्ता गरेको हो ।

कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा नक्कली मूल्य अभिवृद्धि कर विजकमात्र खरिद गरी राजस्व चुहावट गरेको विभागको भनाइ छ ।

कम्पनीले मूल्य अभिवृद्धि कर १२ करोड ४२ लाख २८ हजार ६१७ रुपैयाँ, आयकरतर्फ र २२ करोड ८० लाख ५९ हजार ३०९ रुपैयाँ र लाभांशतर्फ २ करोड ५७ लाख ४० हजार ७७३ रुपैयाँ राजस्व चुहावट गरेको विभागको भनाइ छ ।

विभागले नक्कली बिल बिजक उपलब्ध गराउने भुवन पाण्डेलाई समेत कारबाही गरी जरिवाना र कैद सजायको माग गरिएको छ ।


क्लिकमान्डु