सरकारद्वारा ६ जना श्रष्टा पुरस्कृत



काठमाडौं । सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्वारा विभिन्न ६ जना श्रष्टालाई सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमकाबीच श्रष्टाहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो ।

पुरस्कारको राशि जनही एक लाख रुपैयाँ र ताम्रपत्र छ । पर्यटनमन्त्री योगेश भट्टराईले पुरस्कार समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए ।

उनले मुलुकको सांस्कृतिक रुपान्तरणमा श्रष्टाहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गरे । कला, संस्कृतिको सम्रक्षण प्रवद्र्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराईको भनाइ थियो ।


क्लिकमान्डु