पैसा बचाएर राख्नुहोस्, ३ वटा बीमा कम्पनीको आउँदैछ सवा अर्बको आईपीओ



काठमाडौं । तीन वटा बीमा कम्पनीको १ अर्ब २३ करोड रुपैयाँको साधारण सेयर (आईपीओ) बिक्री हुने क्रममा रहेको छ । धितोपत्र बोर्डमा अहिले तीन वटा बीमा कम्पनीको आईपीओ पाइप लाइनमा रहेका छन् ।

तीन वटा कम्पनीको १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ करोड कित्ता सेयर बोर्डको पाइप लाइनमा रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरका लागि बोर्डमा आवेदन दिएको छ । जनरलको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

यस्तै सानिमा नजरल इन्स्यारेन्सले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर बिक्री गर्ने तयारीमा रहेको छ । सानिमाको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।

अर्को जीवन बीमा कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँको ६३ लाख कित्ता सेयर बिक्रीको लागि अनुमति लिन धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । रिलायन्सको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु