सेयर बजारमा सामान्य सुधार, एनआईसी एसिया लघुवित्तमा लगानीकर्ताको ध्यान



काठमाडौं । सेयर कारोबारमा यो दिन निकै उतार चढाव देखिएको छ ।

कारोबारको सुरु देखि नै घटबढ भइरहेको बजारमा अन्तिम समयमा ५.०४ अंकको सुधार देखिएको छ । १८६ कम्पनीको २५ लाख ६८ हजार १२४ कित्ता सेयर ९९ करोड ४५ लाख ४५ हजार १०९ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिनको कारोबारमा बैंकिङ ४.०९, होटल ५५.२९, माइक्रोफाइनान्स समूहको उपसूचक ६४.९४ अंकले बढेको छ ।

यस्तै निर्जीबन बीमा ६.४१, उत्पादन तथा प्रशोधनसमूह। २३.९७, जीवन बीमा समूहको उपसूचक १९.४३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । रि को ११ करोड १० लाख १२ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनएमबी बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

एनआईसी एसिया ब्यालेन्स फण्ड,एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै समृद्धि फाइनान्स, राधी विद्युत कम्पनी, यूनाइटेड फाइनान्स, मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु