अझै ४ वर्ष ज्याेति पाण्डे नै इन्भेष्टमेन्ट बैंककाे सीइओ, बाेर्डले निरन्तरता दियो



काठमाडौं । इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्योति पाण्डेले निरन्तरता पाएका छन् ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सीइओका रूपमा पाण्डेको कार्यकाल यही असार मसान्तसम्म थियो । नेपाल राष्ट्र बैंकबाट करिअर शुरू गरेका पाण्डे ३९ वर्षअघिदेखि जागिर शुरू गरेका थिए ।


क्लिकमान्डु