ज्योति लाईफले माग्यो भारी संख्यामा कर्मचारी



काठमाडौं । लकडाउनको कारणले चौतर्फी रुपमा कर्मचारी कटौती भइरहेको अवस्थामा ज्योति लाईफ इन्स्योरेन्स भने नयाँ आवेदन खुलाएकोे छ । कम्पनीले काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले विभिन्न पदका लागि भारी संख्या कर्मचारी माग गरेको छ । जसमा एरिया सेल्स म्यानेजर, शाखा प्रमुख/ उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक /सहायक/ बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ ।

आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने छ । आवेदकहरुको लागि २०७७ श्रावण १३ सम्म ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।


क्लिकमान्डु