सेयर बजारमा सामान्य सुधार, एनआईसी एसिया लघुवित्तको कारोबार १० % ले बढ्यो



काठमाडौं । सेयर बजारमा निकै उतार चढावपछि अन्तिम समयमा सामान्य सुधार आउँदा कारोबार रकम १ अर्ब भन्दा बढी भएको छ ।

नेप्से मापन गर्ने सूचक २.१२ अंकले बढेर परिसूचक १३४२.४० बिन्दुमा रोकिएको छ ।

१८४ कम्पनीको ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा थोरै सुधार आउनुमा बैंकिङ समूहको भरथेग देखिएको छ । हुनत पुँजी बजारमा बढी हिस्सा पनि बैंकिङ क्षेत्रकै रहेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको १४.०३, माइक्रोफाइनान्स समूहको ५१.३६, निर्जिवन बीमा कम्पनीको उपसूचक ४.५७ अंकले बढेको छ भने जीवन बीमा समूहको उपसूचक ५४.४५ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंकका संस्थापक सेयर अग्रस्थानमा रहेको छ । प्रभुको संस्थापक सेयरको १० करोड ७२ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १० करोड २८ लाख र तेस्रो स्थानमा रहेको नेपाल लाइफको ९ करोड ५१ लाख ३५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, सानिमा बैंकको ऋणपत्रको कारोबार १० प्रतिशतले बढेर सर्किट नै लागेको छ ।


क्लिकमान्डु