साधना लघुवित्तको आइपीओ आज साँझ ५ बजे बाँडफाँड हुँदै



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार (आज) बाँडफाँड हुने भएको छ ।

संस्थाका बिक्री प्रवन्धक ग्लोबल क्यापिटलका सीइओ पारसमणी ढकालले प्रि– अलोटमोन्ट गरेको ३ दिनभित्र सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान भएकाले सोमबार साँझ ५ बजे आइपीओ बाँडफाँड हुने जानकारी दिए ।

संस्थाले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमा १० हजार ८९० कित्ता सेयर कर्मचारीका लागि र ३५ हजार ३९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो ।

आइपीओमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता लागि आवेदन परेका छन् ।


क्लिकमान्डु