पछिल्लो एक महिनामा नेपाल एयरलाइन्सद्वारा करिब ११ हजार यात्रुको उद्दार



काठमाडौं । नेपाल एयरलाइन्सले पछिल्लो १ महिनामा करिब ११ हजार यात्रुको उद्दार गरेको छ ।

नेपाल वायुसेवा निगमका अनुसार जुन १४ गते जुलाई १२ तारिखसम्ममा १० हजार ९१४ जना यात्रुको उद्दार गरेको जानकारी दिएको छ ।

जसमध्ये नेपाल एयरलाइन्सले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्दार गरेको जानकारी दिएको छ । निगमले दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाका लगायतका ५८ वटा गन्तव्यबा यात्रुको उद्दार गरेको हो ।

निगमले यसबीच चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेर ल्याएको छ ।


क्लिकमान्डु