सेयर बजारमा समान्य सुधार, कारोबार रकम अर्ब बढी



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । धेरै उतार चढाव आएपनि अन्तिम समयमा बजारमा ९.०२ अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ९.०२ अंकले बढेर परिसूचक १३४०.२९ बिन्दुमा रोकिएको छ । १७९ कम्पनीको २६ लाख ७८ हजार ५०७ कित्ता सेयर १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.१४ अंकले घट्दा निर्जीबन बीमा ८०.५४, उत्पादन तथा प्रशोधन १७.३५, माइक्रोफाइनान्सल ८२.६४, जीवन बीमा समूहको उपसूचक १९७.२४ अंकले बढेको छ ।

कारोबारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक, गणपति माइक्रोफाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा तिनाहुँ मिसन डेभलपमेन्ट बैंक, जोशी हाईड्रोपावर, सोल्टि होटलका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु