आइएमई लाईफ ६० लाख कित्ता आईपीओ ल्याउँदै, अनुमतिको लागि पुग्यो बोर्ड



काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ ।

इन्स्योरेन्सले आईपीओ जारी गर्नको लागि अनुमती माग्न धितोपत्र बोर्डमा पुगेको छ । प्रति कित्ता १ सय रुपैयाँको दरले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको छ ।

इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको आईएमईको आइपीओ बिक्रीपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु