राजस्वको लागि शनिबारपनि बैंकको शाखा खुल्ने



काठमाडौं । आर्थिक वर्ष समाप्तीमा राजस्व संकलनलाई सहज व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाका शाखा शनिबार समेत खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै अबको ५ दिन जुनसुकै खाले सार्वजनिक बिदा भएपनि बैंकका शाखा खुल्ने जनाएको छ ।

राष्ट्र बैंकले बैंकको राजस्व संकलन गर्ने शाखा,क्लियरिङ गर्ने काउन्टर र क्लियरिङ हाउसलाई खोल्नको लागि निर्देशन जारी गरेको छ ।


क्लिकमान्डु