बैंकलाई ब्रोकर लाइसेन्स दिन पूर्वअर्थमन्त्री पाण्डेको माग, ठूला कम्पनी अनिवार्य पब्लिकमा जानैपर्ने
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारको दायरा विस्तार गर्न ठूला कम्पनीलाई अनिवार्यरुपले सेयर जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन् । अर्थसमितिमा उपसमितिले पेश गरेको पूँजी बजारसम्बन्धि प्रतिवेदनको छलफलमा पूर्वअर्थमन्त्री पाण्डेले वास्तविक क्षेत्रका कम्पनीलाई अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
उनले ५० करोडभन्दा बढी ऋण लिएका कम्पनीलाई पब्लिक लिमिटेड बढाउने विषयमा प्रतिवेदनमा दिएको सुझावमा भने रकम सानो भएको र त्यसलाई बढाउनुपर्ने सुझाव दिए ।
यही व्यवसाय गरेर मान्छेहरु खर्बपति भए,यसको फाइदा व्यक्तिलाई मात्र भयो पब्लिकमा गएपछि यसको फाइदा अरुलाई पनि हुन्छ, उसले योगदान समेत गर्न सक्छ,उनले भने ।
पाण्डेले पब्लिक कम्पनीमा पहिला ठूला कम्पनी त्यसपछि मध्यम स्तरका त्यसपछि मात्र साना कम्पनीलाई पब्लिक जारी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।
उनले ब्रोकर कम्पनीहरुलाई मर्जरमा लैजाने र पब्लिक कम्पनी बनाउने कुरा ठीक भएको भन्दै बैंकलाई कति समयभित्र ब्रोकर लाइसेन्स दिनुपर्ने हो त्यो प्रष्ट हुनुपर्ने बताए ।
सरकारि निकायका मान्छेले भित्री कारोबार गरे भन्ने छ भने नियमन गर्नुपर्ने र मापदण्ड पुरा गरेपछि बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने धारणा पाण्डेको छ ।