मौद्रिक नीतिमा भएको लुपहोलका कारण बीमा क्षेत्र आलोचित भयोः बीमा समिति अध्यक्ष चापागाई



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले मौद्रिक नीतिमा भएको लुपहोलका कारण बीमा क्षेत्र सदैव आलोचना हुने गरेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिको लागि सरोकारवालासँग गरेको छलफलमा उनले यस्तो गुनासो गरेका हुन् ।

‘मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सिमासम्म रहेर मात्रै बीमा गर्नु भनेर निर्देशन दियो, त्यो निर्देशनले न्यून बीमा भयो, १ करोड पर्ने घरले बैंक तथा वित्तीय संस्थाले ५० लाख कर्जा लिए, ५० लाखको मात्रै बीमा हुने गरेको छ,’ उनले भने ।

उनका अनुसार बिमीतले १ करोडको बीमा होला भन्ने सोच्ने, त्यो घरको १ करोडको बीमा नहुने र कुनै भवितव्य परेमा बिमीतले सोचे अनुसार बीमा कम्पनीले दाबी भुक्तानी नगर्ने, ५० लाखको ५० प्रतिशत अर्थात २५ लाख मात्रै पाउने गरेका छन् ।

क्षति ५० लाख भएपनि त्यसको ५० प्रतिशत मात्रै बीमा भएको कारण २५ लाख मात्रै बिमीतले पाउनु भनेको पोलिसिमा भएको लुपहोल नै रहेको उनको तर्क छ । आगामी मौद्रिक नीतिमा यस्तो लुपहोल हटाउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

आगामी दिनमा पोलिसिमा भएको लुपहोलको कारण बीमा क्षेत्रले आलोचित नहुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । उनले कर्जाको सीमासम्म मात्रै बीमा गर्नु भन्ने निर्देशन हटाउन र पूरै बीमा हुने व्यवस्था गर्न सुझाव दिए ।

कार्यक्रममा ब्याजदर स्थायित्व भयो भने गाँउगाँउमा रहेको पुँजी बैंकमा नै राख्ने उल्लेख गरे । गाँउ गाँउमा पुगेको बीमाले त्यहाँ छरिएर रहेको ४ खर्ब संकलन गरेर बैंक तथा वित्तीय संस्थामा जाने र त्यसमा पनि ९० प्रतिशत बैंक तथा वित्तीय संस्थामा रहेको नै रहेको दाबी गरे । उनले बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदरमा स्थायित्व नहुँदा बिमीतले पाउने बोनसमा समेत असर पर्ने दाबी गरे ।

‘अहिले बीमा कम्पनीले ६५ देखि ७० प्रतिशत बोनस वितरण गरेका छन्, भविष्यमा ब्याजदरमा स्थायित्व हुन नसके बोनस घटन सक्छ,’ उनले भने ।

बोनसदर घट्दा बीमितले बीमा गर्न कम रुचि देखाउने तर्क गरे । मौद्रिक नीतिमा ब्याजदर स्थायित्वमा ध्यान दिन सुझाव दिए ।


क्लिकमान्डु