सेयर बजारमा सामान्य सुधार, पुनर्बीमा कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम ९० करोड रुपैयाँ भन्दा बढी भएको छ ।

यो साताको अन्तिम दिन बिहीबार सेयर बजार मापन गर्ने सूचक ४.५७ अंकले बढेर १३३१.१० बिन्दुमा रोकिएको छ । १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता सेयर ९० करोड ८० लाख ८६ हजार १९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचकमा ०.३७ र व्यापार समूहको उपसूचकमा १८.५४ अंकको गिरावट आएको छ । बाँकी समूहको उपसूचकमा सुधार नै देखिएको छ । सुर्योदय लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय वित्तीय संस्था, वमी माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले मनग्य कमाएका छन् । यी कम्पनीको सेयर मूल्य बढेको छ ।

यस्तै ग्लोबल आईएमई समुन्नत स्मिक–१, नेशनल हाईड्रोपावर, रिणी हाईड्रोपावर, सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । बिहीबार यी कम्वनीको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै पुनर्बीमा कम्पनीका लगानीकर्ताले पनि प्रति कित्ता ४ रुपैयाँ गुमाएका छन् । पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रति कित्ता ४ रुपैयाँले घट्दा ५०४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु