यो वर्ष जिल्लै भए जीवन बीमा कम्पनीका लगानीकर्ता, नेपाल लाइफको अन्तिम चरणमा



काठमाडौं । जीवन बीमा कम्पनीहरुले विभिन्न कारण देखाउँदै आर्थिक वर्ष २०७५/०७६ को साधारण सभा नै गरेका छैनन् । कम्पनीहरुले समयमा नै साधारण सभा नगर्दा सेयर लगानीकर्ता लाभांश पाउनबाट बञ्चित भएका छन् ।

हरेक कम्पनीले आर्थिक वर्ष सुरु भएको ६ महिना अर्थात पुस मसान्तसम्म कम्पनीको साधारण सभा गरिसक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ । तर जीवन बीमा होस वा अन्य जुनसुकै कम्पनीहरुले पनि पुस मसान्तको अवधिमा साधारण सभा गर्न नसकेको खण्डमा उचित कारण देखाएमा थप एक महिना भित्र साधारण सभा गरि सक्नुपर्छ ।

जीवन बीमा कम्पनीहरुलाई पुस मसान्तममा साधारण सभा गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभावका सेयर लगानीकर्ता परेका छन् । समयमा नै साधारण सभा सम्पन्न भएको भए उनीहरुले आफुले गरेको लगानीमा कति लाभांश आउने रहेछ, कति कित्ता बोनस आउने रहेछ, कति नगद लाभांश पाउन सकिने रहेछ भनेर थाहा पाउन सक्ने थिए । जसले लगानीकर्ताहरुलाई उत्साहित पनि बनाउने थियो । अहिले त्यसो हुन सकेको छैन ।

अहिले समयमा नै बीमा कम्पनीहरुले साधारण सभा गर्न नसक्नुको कारण वार्षिक वित्तीय विवरण एनएफआरएस प्रणाली अनुसार प्रकाशित गर्नुपर्ने नीतिका कारण ढिला भएको थियो । साथै कम्पनीहरुले एक्चुअरी गर्नुपर्छ । त्यसको लागि नेपालमा सम्भव छैन, भारतमा नै जानुपर्ने बाध्यता रहेको छ । भारतमा पनि पहिला एक्चुरी गर्ने कम्पनी खोज्न समस्या हुने गरेको छ ।

बल्ल बल्ल बीमा कम्पनीहरुले एक्चुअरी पाएपनि लकडाउनको कारण त्यहाँ पनि समयमा नै काम हुन नसकेका कारण रोकिएको थियो । नेपालका धेरै बीमा कम्पनीको एक्चुअरी भारतको मुम्बई शहरमा हुने गरेको छ । लकडाउनको कारण उनीहरुले पनि काम गर्न पाएका थिएनन् । अहिले लकडाउन सहज बनेसँगै उनीहरुले पनि काम गर्न थालेको र अब छिटै नै आउने बीमा कम्पनीका अधिकारीहरुको भनाई छ ।

विगतमा लगानीकर्तालाई आकर्षक लाभांश दिने गरको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा एक्चुरी मूल्यांकनको अन्तिम चरणमा प्रतिवेदन रहेको जानकारी दिए ।

‘एनएफआरएसको कारण यो वर्ष ढिलाई भएको हो, आउने वर्षदेखि ढिलो हुने छैन,हाम्रो प्रतिवेदन अन्तिम चरणमा रहेको छ’उनले भने ।


क्लिकमान्डु