अजोड इन्स्योरेन्सको आईपीओ खुला, कति कित्तासम्म दिने आवेदन ?



काठमाडौं । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर खुला गरेको छ । प्रति कित्ता १ सय रुपैयाँको दरले ३० लाख कित्ता सेयरको बिक्री खुला गरेको हो ।

३० लाख कित्ता मध्ये १ लाख २० हजार कित्ता कर्मचारी, १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

अजोडको आईपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । २९ गतेसम्म मागे अनुसार आवेदन नपरेको खण्डमा साउन ८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । उक्त आइपीओमा न्यूनतम १० देखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिनका लागि सि-आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट सेयरबाट आवेदन दिन सकिने छ । यो आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु