अस्ट्रेलियाका पुर्वमन्त्रीले उद्घाटन गरे नेपालीले खोलेको कलेज



काठमाडौं । अष्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लगानीमा खोलिएको प्राबिधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’को अस्ट्रेलियाका पूर्व यातायात तथा पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन् ।

बैर्डले नेपाली युवाहरुको लगानीले आफूलाई गौरवान्वित बनाएको बताए । बैर्डले १० बर्ष देखि सङ्गतको आधारमा संस्थापक लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने बिश्वास व्यक्त गते।

उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए । प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ।

अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिको भनाइ छ ।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ । प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहोनिको भनाइ छ ।


क्लिकमान्डु