साधनाको आईपीओमा १६.९१ गुणा बढी आवेदन



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा ४ लाख ५५ हजार ७२७ जनाले आवेदन दिएका छन् ।

१ करोड ११ लाख ८७ हजार ९६० कित्ताका लागि १ अर्ब ११ करोड ८७ लाख ९६ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । साधनाको आईपीओमा माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको छ ।

साधनाले असार २१ देखि २४ गतेसम्म साधारण सेयर खुला गरेको थियो । साधानाले ७ करोड ७ लाख ८० हजार रुपैयाँको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको भएपनि १० हजार ८९० कित्ता कर्मचारी, ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई सकेको छ ।

बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्तामा मात्रै सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउने व्यवस्था रहेको थियो । साधानाको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु