सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकममा भने धेरै गिरावट आएको छैन । नेप्से मापन गर्ने सूचक १०.१३ अंकले घटेर १३२६.५३ बिन्दुमा रोकिएको छ ।

१७९ कम्पनीको २९ लाख ७७ हजार ७०६ कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १०.७९, विकास बैंक ७.०१, निर्जीबन बीमा कम्पनी ३०.१३, माइक्रोफाइनान्स १०.१३, जीवन बीमा समूहको उपसूचक ६०.२९ अंकले घटेको छ ।

कारोबारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, हिमालयन जनरल इन्स्यारेन्सका लगानीकर्ताले कमाउँदा तारागाउँ रिजेन्सी होटल,कालिका पावर, नेशनल हाईड्रो पावर, जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु