कीर्तिपुर बन्यो ब्रान्डिङ सहर ‘सिटी अन द हिल’



काठमाडौं । कीर्तिपुर सहरले नयाँ ब्रान्ड ‘सिटी अन द हिल’को ब्राण्ड लोगो एक कार्यक्रमका बीच २०७७ असार १९ मा अनावरण गरेको छ ।

यस ब्रान्डको कीर्तिपुरमा आयोजित ब्रान्ड इन्डोरसमेन्ट कार्यक्रममा अनावरण गरिएको थियो । यससँगै यो सहर नेपालका पहिलो औपचारिक ब्राण्डिङ भएको शहर बनेको छ ।

कार्यक्रममा ब्रान्ड विवरण, लोगो र अभियानहरू लगायतकामा विषयमा प्रस्तुती गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर रमेश महर्जनले वर्तमान महामारीको कारण यस्तो ऐतिहासिक उपलब्धि सार्वजनिक गर्न नसकिइएको बताउँदै कीर्तिपुरले महामारीपछि पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कीर्तिपुरको खाना, उत्सव, संस्कृतिमा छुट्टै विशेषता रहेको बताउँदै कीर्तिपुर शहरलाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सहर ब्राण्डिङले विगतमा पर्यटन व्यवसायलाई विभिन्न सङ्कट्बाट उकास्न मद्दत पुर्याएको बताउदै उनले कीर्तिपुरलाई पनि यस नयाँ ब्राण्डिङले आन्तरिक र विदेशी पर्यटकहरूमाझ स्थापना गर्ने बताए ।


क्लिकमान्डु