बाग्लुङका एकजना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३५ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित थप एकजनाको  मृत्यु भएको छ । यसरी कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बाग्लुङ निसिखोला गाउँपालिका ३ स्थायी ठेगाना भएका २९ वर्षे एक पुरूषको मृत्यु भएको हो । उनको असार २१ गते मृत्यु भएको हो ।  उनी ढोरपाटनको क्वारेन्टिनमा थिए । उनी केही समय अघि भारतबाट क्षयरोगको उपचार गराइ नेपाल फर्केका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ६ हजार ८११  जना पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा मात्रै २६४ जना उपचारपछि निको भएका छन् ।

हाल आइसोलेसनमा ९ हजार ११८ कोरोना संक्रमित छन् भने क्वारेन्टिनमा २९ हजार २१५ जना छन् । हालसम्म ३५ जनाको मृत्यु भएको छ ।


क्लिकमान्डु